News Nepal

जनसम्पर्क समिति स्पेनको चियापान कार्यक्रम सम्पन्न

प्रकाशित मिति : 10:07 am, July 24, 2015

भर्जिनिया । ३२ औँ ए एन ए डिसी सम्मेलनमा पूर्व सूचना गरिएको एएनए रजिस्ट्रेसन फि सानैमा विवाह गरेर जीवित बच्चा जन्माउन नसक्दाको पीडा भोग्ने नन्दा एक्लो महिला होइनन् । पूर्वीसुर्खेतमा थुपै्र किशोरीआमा उनीजस्तै अपहेलनाको सिकार भएका छन् । दुई वर्षअघि विवाह गरेकी राकमकी १५ वर्षीया कमला विकलाई उमेर पुगेपछि मात्र बच्चा जन्माउनुपर्छ भन्ने थाहा नभएको होइन । तर, नातिनातिना चाहियो भन्ने सासूको सधैको किचकिचले उनी बच्चा जन्माउन बाध्य भइन् । प्रसूति हुँदा अप्रेसन गर्नुपर्ने अवस्था आएको उनले सुनाइन् । ‘बल्लतल्ल आफ्नो ज्यानसम्म जोगाइयो,’ उनले भनिन्, ‘तर, बच्चाको पनि स्वास्थ्य राम्रो नभएकाले बचाउन समस्या भयो ।’ कलिलै उमेरमा आमा बनेकोमा पछुतो मान्दै उनले भनिन्, ‘विवाह त उमेर परिपक्व भएपछि मात्र गर्नुपर्ने रहेछ ।’
उमेर नपुग्दै बच्चा जन्माउँदा महिलाको स्वास्थ्यमा असर पुग्ने भए पनि सुर्खेतमा पछिल्लो समय दुई हजार किशोरीले गर्भ जाँच गराएका छन् । गएको एक वर्षको अवधिमा करिब दुई हजार महिला प्रसूति भएका थिए । बढ्दो बालविवाहसँगै उमेर नपुग्दै प्रसूति हुने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष ०६८÷६९ मा ६ हजार एक सय ७० महिला विभिन्न स्वास्थ्य संस्थाबाट प्रसूति भएकामध्ये एक हजार आठ सय ६५ महिला २० वर्षभन्दा कम उमेरका रहेको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको तथ्याङ्क रहेको छ । कम उमेरमै प्रसूति हुँदा आउन सक्ने गम्भीर असरबारे धेरैलाई जानकारी छैन । कम उमेरमा बच्चा जन्माएर उनीहरूको स्वास्थ्य अवस्था जोखिममा परेको जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स रेणु सिंह बताउँछिन् । कम उमेरमा गर्भवती हुँदा प्रसूति अवस्थामा विभिन्न जटिलता हुने उनको भनाइ छ । यस अवधिमा उपचार गरिएका १० वटा जटिल केसमध्ये अधिकांश २० वर्ष नपुग्दै बच्चा जन्माउने रहेको उनले बताइन् । त्यसैगरी ६ महिनाको अवधिमा २१ वटा नवजात शिशुको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ ।

290 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons