News Nepal

तीन पाकिस्तानी क्रिकेटरको प्रतिवन्ध फुकुवा

प्रकाशित मिति : 9:40 pm, August 22, 2015

स्पट फिक्सिङमा मुछिएका पाकिस्तानका तीन क्रिकेट खेलाडीमाथीको प्रतिवन्ध अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फुकुवा गरेको छ । तीनै जनाले आगामी २ सेप्टेम्बरबाट राष्ट्रिय-अन्तर्राष्ट्रिय सबै प्रकारको क्रिकेट खेल्न पाउने छन् ।Salman-Butt-Mohammad-Asif-Mohammad-Amir-Pakis

सन् २०१० मा ईंग्ल्याण्ड भ्रमणमा रहँदा स्पट फिक्सिङ गरेको आरोपमा आईसीसीले उनीहरुलाई कारवाही गरेको थियो । तत्कालिन पाकिस्तानी कप्तान सलमान बटलाई १० वर्ष (पाँच वर्ष निलम्बन) बलर मोहम्मद आसिफलाई ७ वर्ष (२ वर्ष निलम्बन) र अर्का बलर मोहम्मद आमिरलाई ५ वर्षका लागि कुनै पनि स्तरको क्रिकेट खेल्न रोक लगाइएको थियो ।

‘म आईसीसीको निर्णयलाई स्वागत गर्छु,’ पाकिस्तानका पूर्व ओपनिङ ब्याट्सम्यान बटले भने-‘यो मेरो लागि नयाँ लाइफलाइन सरह हो । यो फुकुवाले मेरो जीवनमा कति महत्व राख्छ, त्यो मलाई मात्र थाहा छ ।’

आफ्नो करिअर व्यूँतिन लागेकोमा अति उत्साहित भएको भन्दै उनले यो प्रकरणबाट ठूलो पाठ सिकेको प्रतिक्रिया दिएका छन् । बटले आउँदो घरेलु टि-२० कपमा लाहोर ब्लुजका तर्फबाट खेल्ने सम्भावना छ ।

तीन खेलाडीका साथै उनीहरुका एजेन्ट मजहर मजिदलाई पनि लण्डनको अदालतले दोषि ठहर्‍याएको थियो । उनीहरु सबैमाथि अवैध रकम लिएर लर्डस् टेस्टमा नियोजित किसिमले नो बल फालेको अभियोग थियो ।

कप्तानको निर्देशनमा अमिरले दुई र आसिफले एउटा नो बल फ्याकेका थिए । मुद्दा सुरु हुनु पूर्व नै मजिद र अमिरले आफूमाथिको आरोप स्वीकार गरेका भए पनि बट र आसिफले अस्वीकार गरेका थिए ।

बटलाई दुई वर्ष ६ महिना, आसिफलाई एक वर्ष र अमिरलाई ६ महिना जेल सजाय सुनाइएको थियो । बेलायत सरकारले विदेशी नागरिकलाई दिने सुविधा अन्तरगत बट सात महिनामै जेलबाट रिहा भए भने असिफ र अमिरले पनि आधा सजाय छुट पाए ।

यसै वर्षको जनवरीमा पाकिस्तानी क्रिकेट बोर्डको समर्थन अमिरलाई घरेलु क्रिकेट खेल्न अनुमति दिइएको थियो

304 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons