News Nepal

नविन के भट्टराइले नयाँ गीत, नयाँ भिडियो

प्रकाशित मिति : 11:50 pm, August 25, 2015

 

नेपाली पप गायन क्षेत्रका चर्चित गायक नविन के भट्टराइले नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् । नविन के भन्ने वित्तिकै नेपाली पप गीतका श्रोताहरुलाई छुट्टै आशा र उत्साह देखिन्छ ।

नविनले यो कुरालाई मर्न दिएका पनि छैनन् । उनै गायकले बजारमा ल्याएका नयाँ गीतले अहिले खुबै चर्चा पाइरहेको छ । कामना (३७)मा समावेश गीत सयौं  लास टेकेर बोलको गीतको भिडियोलाई फरक तबरले तयार पारिएको छ ।

नविनको यो गीतको भिडियोलाई अनुप गिरीले तयार पारेका हुन् । बजारमा निर्माण भैरहेका आम भिडियो भन्दा अभि सुवेदीको यो भिडियो हरेक तबरबाट फरक देखिएको छ । भिडियोमा विनोद ढकाललाई देखाइएको छ । उनको अभिनयले सबैलाई एकत्रित बनाइदिएको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाँइले खिचेको भिडियोलाई नविनको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । नविनलाई भिडियोमा सेक्सडल ब्याण्डले साथ दिएको छ ।

 

 

 

511 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons