News Nepal

बलिउडमा सबैभन्दा महंगो पारिश्रमिक लिन्छिन् कंगनाले

प्रकाशित मिति : 10:34 pm, August 22, 2015

kanganaमुम्बई । बलिउड क्वीन भनिने कंगना रनौतले महंगो पारिश्रमिक आफ्नो हक भएको बताएकी छिन् । उनको भनाई अनुसार हरेक कलाकारले जिवनको एउटा अध्याय पार गरेपछि मंहगो पारिश्रमिक लिनैपर्छ । तर, यसले निरन्तरता पाउने कुनै ग्यारेन्टी हुँदैन ।

उनकै भनाई अनुसार धेरै पारिश्रमिक लिने समय असाध्यै छोटो हुन्छ । किनकी कुनै पनि कलाकार जसरी हाई हाई हुन्छ । उसैगरी बाई बाई हुन पनि बेर लाग्दैन । एउटा चलचित्रमा काम गर्दा कम्तिमा एक वर्ष लाग्ने भएकाले पनि यति पारिश्रमिकलाई सामान्य रुपमा लिन आग्रह गरे उनले ।

‘तनु वेड्स मनु रिटन्र्स’का लागि उनले ११ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् । एउटा फिल्ममा काम गरे वापत ११ करोड लिने उनी पहिलो र एक्ली भारतीय नायिका हुन् ।

बजारमा पटक पटक चर्चामा आएका दीपिका पादुकोण, करिना कपुर, पि्रयंका चोपडा, कटि्रना कैफ लगायतक कोही पनि नायिकाले कंगनाले जति पारिश्रमिक लिएका छैनन् ।

कंगनापछि दीपिकाले एउटा फिल्ममा काम गरे वापत ९ करोडसम्म लिने गरेकी छिन् । अर्कि नायिका करिना कपुरले पनि ८ देखि ९ करोड लिने गर्छिन ।

प्रियंका चोपडा पनि राम्रो पारिश्रमिक लिने कलाकारको रुपमा चिनिन्छिन् । उनले प्रति चलचित्र ७ देखी ८ करोड लिंदै आएकी छिन् । अर्कि नायिका कटि्रना कैफले त ६ देखी ७ करोडमै चित्त बुझाउदै आएकी छिन् ।

 

343 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons