News Nepal

यू-१९ ले फर्कायो २२ वर्षपछिको खुसी

प्रकाशित मिति : 11:44 pm, August 29, 2015

१२ भदौ, काठमाडौं । नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालले दुई दशक लामो उपाधिको खडेरी शनिबार तोडेको छ। पहिलो यु १९ साप च्याम्पियनसिप प्रतियोगितामा चिर परिचत भारतलाई हराउँदै खडेरी यात्रा तोडेको हो। नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो ।chappion

त्यसयता नेपाली पुरुष फुटबल टीमले कुनै पनि अन्तराष्ट्रिय उपाधि जित्न सकेको थिएन । साफमा उपाधि दिलाउँदा टोलीमा रहेका बालगोपाल महर्जन अहिले यू-१९ टोलीका प्रशिक्षक छन् ।

शनिबार सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले ३१ औं मिनेटमा तेज तामाङको गोलबाट अग्रता लिएको थियो ।

अन्जन विष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो । कर्नरमा बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेपनि क्लियर गर्न नसक्दा अनमार्क रहेका तेजले गोल गरे ।

 

पहिलो हाफमा नेपालले निकै आक्रमक खेल प्रस्तुत गरेपनि भारतीय गोलरक्षक बाधक बने । दोस्रो हाफमा भारतले सुधारिएको प्रदर्शन गर्‍यो । दुबै टोलीले पाएका केही राम्रा अवसर सदुपयोग गर्न सकेन ।

तर, खेलको ८७ औं मिनेटमा भारतले पेनाल्टी पायो । नेपालका दिनेश राजवंशीले डि बक्स भित्र हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा भारतले बराबरी गोल गर्‍यो ।

निर्धारित समयको खेल १-१ को गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइयो ।

पेनाल्टी सुट आउटमा नेपाली गोलरक्षक सोजित गुरुङले भारतका मोनुद्दिनको प्रहार रोके । नेपालका हेमन्त थापा मगरले गोल गरेपछि घरेलु टोलीले पेनाल्टी सुट आउटमा अग्रता लियो ।

त्यसपछि दुबै टोलीका खेलाडीले पेनाल्टीमा गोल गरे । अन्तिम पेनाल्टीमा अनन्त तामाङले गोल गर्दै नेपाललाई उपाधि दिलाए । खेलपछि अनन्तले भने-दबाव थियो । तर, आफूमाथि गोल गर्न सक्छु भन्ने विश्वास थियो ।’

415 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons