News Nepal

सलमान खान भन्दा अरु कुनै केटाहरु सेक्सी लाग्दैन्

प्रकाशित मिति : 10:57 am, August 7, 2015

  • सालु गौतम, मोडल (अन्तर्वार्ता)

कसरी चल्दैछन् दिनहरु ?

भर्खर तीज गीतको भिडियो सुट सकियो । स्टेज प्रोग्राम पनि परिरहेको छ । अहिले ‘तिम्रो मेरो जोडी साह्रै जम्छ रे’ गीतको भिडियो सुरु गरेकी छु ।

स्टेज कत्तिको तताइरहनु भएको छ ?

मजाले तातेको छ जस्तो लाग्छ ।

स्टेज तताउन विदेशमा मजा हुँदो रहेछ कि नेपालमा ?

नेपालमै मजा हुन्छ । आफ्नो देशमा बसेर, नेपाली दर्शकहरुमाझ प्रस्तुत हुँदा निकै आनन्द लाग्छ ।

स्टेजमा त खुब भल्गर हुन मन लाग्छ हो ? फोटो पनि त्यस्तै सुट गरिरहनु हुन्छ !

त्यस्तो भल्गर होइन । गल्यामरस लुक्स दिन्छु । गल्यामरस हुन मन पर्छ ।

तपाईँलाई त ‘सेक्सी मोडल’ भन्दा रैछन नि !

यसोभन्दा खुशी लाग्छ । ‘राम्रो छ, हट छ’ भन्दा राम्रो लाग्छ ।

सेक्स गरेकी छैन भन्न मिल्दैन र छ भन्न पनि । अहिलेको एक्काइसौँ शताब्दीमा ‘सेक्स टोय’को जमाना आइसक्यो । सेक्स गर्नका लागि पुरुष नै चाहिन्छ भन्ने छैन ।

आफैलाई चाँहि हट छु जस्तो लाग्छ कि लाग्दैन ?

त्यो मैले भन्ने कुरा होइन । अरुले भन्छन् भने मेरो आपत्ति छैन । तर दैनिक जीवनमा भने सिम्पल छु ।

स्टेजमा जम्न थालेपछि त प्रपोजहरु पनि निकै आउँछन् होला ?

प्रपोज पहिले पनि आउँथे, अहिले पनि आउँछन् । प्रपोज भनेको केटाले मात्र होइन केटीले पनि गर्छन् । यसलाई कस्तो रुपमा लिने, त्यो आफूमा भर पर्छ ।

Shalu-gautam

तपाईँले पनि प्रपोज गर्नुभएको छ र ?

प्रोग्राममा पनि राम्रा अनुहार देखिन्छन् । डाइरेक्ट प्रपोज गर्न नसके पनि आँखाले प्रपोज गरिरहेको हुन्छ ।

अहिले आएर कसैलाई प्रपोज गर्नु भएको छ की छैन ?

अहिले त होइन, केही समय पहिला एक जनालाई निकै मन पराउँथे । सायद उसले पनि मन पराउँथ्यो । पछि हाम्रो सम्बन्ध हुन सकेन । तर, अहिले पनि हामी राम्रो साथी छौँ ।

फेसबुकमा कस्ता–कस्ता प्रस्ताव आउछन् नि ?

फेसबुकमा राम्रो मात्र होइन, नराम्रो प्रतिक्रिया पनि आइरहेका हुन्छन् । कतिपयले अगाडि भन्न नसकेका कुरा फेसबुकमा भन्छन् । तर, मैले केही प्रतिक्रिया जनाउँदिन । जसको जति दिमाग हो, त्यति नै भन्छ ।

तपाईँलाई कस्ता मान्छे ‘सेक्सी’ लाग्छन् ?

सेक्सी हुनलाई धेरै कुराहरु चाहिन्छ । बाहिरी शरीरले मात्र सेक्सी हुँदैन । उसको चालढाल, कुरा गर्ने शैली, व्यवहार लगायत धेरै कुराले भूमिका खेल्छ, हट हुनका लागि । खासमा मलाई सलमान खान बाहेक अरु कुनै केटाहरु सेक्सी लाग्दैनन् । तर, जीवनसाथीको रुपमा ‘हट एण्ड सेक्सी’ भन्दा पनि रेस्पोनसिवल खोज्छु ।

बिहे अघिको सेक्सलाई कसरी लिनुहुन्छ ?

सेक्स भनेको प्राकृतिक र सामान्य कुरा हो । सेक्सबिना संसारनै ठप्प हुन्छ । तर, कुन ठाउँमा गर्ने र यसले समाजलाई के–के असर पार्छ भन्ने कुरा चाँहि ख्याल गर्नुपर्छ ।

सेक्सले प्रेमलाई अझ गाढा बनाउँछ भन्छन् नि ?

मलाई त्यस्तो लाग्दैन ।

सेक्सी भन्दा काउकुति लाग्छ भन्नु भएको रहेछ, त्यो कस्तो खालको काउकुति हो ?

खासमा मैले एउटा गीतको शब्दलाई कपी गरेर फेसबुकमा राखेकी थिएँ । पछि, यसरी टिप्पणी भएछ ।

सेक्स अनुभवलाई कसरी खुलासा गर्नुहुन्छ ?

यसबारे कुरा नगर्दै राम्रो होला । किनकी यो नितान्त व्यक्तिगत हुन्छ ।

मैले सेक्स गरेकी छैन् भन्न खोज्नुभएको ?

सेक्स गरेकी छैन भन्न मिल्दैन र छ भन्न पनि । अहिलेको एक्काइसौँ शताब्दीमा ‘सेक्स टोय’को जमाना आइसक्यो । सेक्स गर्नका लागि पुरुष नै चाहिन्छ भन्ने छैन । सेक्स टोयबाट आनन्द लिएको लाई सेक्स भन्ने की नभन्ने ?

उसो भए सेक्स टोय प्रयोग गर्नुहुन्छ ?

त्यस्तो भन्न खोजेकी होइन् । तर, अहिलेको जमानामा आएर यो प्रश्न सोध्नु नै गलत हो कि जस्तो लाग्छ ।

 

404 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons