News Nepal

यसरी बनाउनुस् घर

प्रकाशित मिति : 12:08 am, August 20, 2015

image

तपाईंको घर जाने बाटोका चौडाइ कति छ ? ४ मिटर भन्दा कम छ भने होस गर्नुहोस्, कुनै पनि दिन स्थानीय निकाय आएर घर वा पर्खात भत्काउन सक्छ । किनकि सरकारले पहिल्यै बनिसकेका बस्तीका सडकको चौडाइ ४ मिटर निर्धारण गरेको छ ।

स्थानीय विकास मन्त्रालयले बस्ती विकास,सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शनमा आवासीय क्षेत्रका प्रत्येक बस्तीभित्र दमकल पुग्न सकोस् भन्ने लक्ष्यसाथ ४ मिटर चौडा सडक निर्धारण गरेको हो । प्लटिङ क्षेत्रको नयाँ आवासीय शाखा सडकको चौडाइ ६ मिटर हुनुपर्ने छ । ती सडकको मुख्य सडकको चौडाइ भने ८ मिटर तोकेको छ ।

यो मापदण्ड लागु हुनुभन्दा पहिले तय गरिएको हकमा भने घर निर्माणका लागि ४ मिटर बाटो अनिवार्य गरिएको छ । स्थानीय निकायमा घर निर्माणका लागि नक्सा स्वीकृत गर्दा पुराना सहरभित्रका जग्गाधनीले ४ मिटर बाटो अनिवार्य छाड्नुपर्ने छ । स्थानीय विकास मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले मापदण्ड व्यावस्थित र सुरक्षित बस्ती विकासका लागि जारी गरेको बताए । भूकम्प जाँदा साँघुरो बाटोका कारणले एम्बुलेन्स भित्र जान सकेन, अब पनि सोचेन भने कहिले सोच्ने?’ उनले भने । प्लटिङ गरेको क्षेत्रको टेलिफोन र बिजुलीको खम्बा, ढल बाटो तथा कालोपत्रे गर्ने जिम्मेवारी प्लटिङकर्ताकै हुने उनले जानकारी दिए ।

आवासीय भवनका लागि २ सय ५० वर्गसम्म क्षेत्रफल भएको घडेरीको ७० प्रतिशत र त्यसभन्दा माथि क्षेत्रफल भएको घडेरिको ७० प्रतिशत र त्यसभन्दा माथि क्षेत्रफल भएको जग्गाको हकमा ६० प्रतिशतभन्दा बढी ग्राउन्ड कभरेज तय गरिएको छ । नक्सापास गर्दा सेफ्टी ट्यांकीको व्यवस्थासहित उल्लेख हुनुपर्नेछ । पर्खालको उचाइ १ दशमलव ४ मिटर मात्र हुनुपर्नेछ । यदि त्यसभन्दा अग्लो बनाउन चाहे ३ फिट जाली राख्नुपर्ने छ ।

416 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons