News Nepal

नेपालमा सुटिङ गरिएको ‘एभरेस्ट’बाट भेनिस फेस्टिबल सुरु

प्रकाशित मिति : 12:35 am, September 5, 2015

मीन भामकाे ‘कालो पोथी’ पनि देखाइँदै

vennis festiv

विश्वप्रसिद्ध भेनिस फिल्म फेस्टिवलको ७२ अाैं संस्करण नेपालमा सुटिङ गरिएको फिल्म ‘एभरेस्ट’ देखाएर सुरु गरिएको समाचार एजेन्सी एपीले जनाएको छ । सन् १९९६ मा एउटा टोलीले सगरमाथा आरोहण गरेको कथा भएको यो थ्री डी फिल्म केही समयमा नै संसारभर रिलिज हुँदैछ ।

फिल्मको सुटिङका लागि केही अघि टोली नेपाल आएको थियो । ब्लाटसर कोर्माकरले निर्देशन गरेको फिल्ममा जेक ग्यालनहल र ज्यासन कल्र्कले मुख्य भूमिकामा अभिनय गरेका छन् । पर्वतारोहणको सकस र ‘थ्रिल’लाई फिल्मले दर्शाएको बताइएको छ ।
यसापालि भेनिस फिल्म फेस्टिवलको क्रिटिक्स विकमा नेपाली फिल्म ‘कालो पोथी’ पनि देखाइदैछ । मीन भामले निर्देशन गरेको यो फिल्म नेपालमा रिलिज हुन बाँकी छ ।

437 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons