News Nepal

मक्कामा भएको भागदौडमा तीन नेपालीसहित ७१७ हजयात्रीको मृत्यु

प्रकाशित मिति : 5:51 pm, September 24, 2015

एजेन्सी– साउदी अरेबियाको मक्कामा मुस्लिम हजयात्रीबीच भागदौड हुँदा कम्तीमा ७१७  हजयात्रीको ज्यान गएको छ । ८०० बढी घाइते भएका छन् ।

hajj759

 

घटनामा ३ नेपालीको समेत मृत्यु भएको छ । घटनामा परि पर्सा घर भएका तीन नेपालीको समेत ज्यान गएको नेपाली हज कमिटीका अध्यक्ष ताज मोहम्मद मियाले जानकारी दिए । उनी हाल मक्कामै रहेका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा धेरैजसो नाइजरका नागरिकहरु रहेका छन् ।

हज गर्न हजयात्री जम्मा भइरहेको बेला एक्कासी बिहीबार भागदौड मच्चिएको थियो । बिबिसीका अनुसार मिनामा रहेको स्तम्बलाई शैतानको प्रतिक मानेर ढुंगा हिर्काउन जम्मा भएकाहरुबीच उक्त भागदौड मच्चीएको हो ।

मिना मक्काबाट ५ किलोमिटरको टाढा पर्छ । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

साउदीको रक्षा विभागले भागदौड भएको स्थानमा उद्धारका लागि ४ हजार सुरक्षाकर्मी तथा २२० आपतकालिन तथा उद्धार टोलीलाई तैनाथ गरेको जनाएको छ ।
के कारणले गर्दा भागदौड मच्चीएको हो यकिन नभएपनि यसअघि पनि हजयात्रामा भागदौड हुने गरेको थियो भने धेरैले ज्यान गुमाएका थिए ।

केहि साता अघि मात्रै पनि मक्कामा भएको क्रेन दुर्घटनामा परि १०९ जना हजयात्रीको मृत्यु भएको थियो ।

– See more at: http://www.ratopati.com/news/5650/#sthash.CDziqbQN.dpuf

397 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons