News Nepal

मधेशी मार्चाको आन्दोलनको नयाँ रुप, मेचीदेखि महाकालीसम्म मानव साङ्लो (फोटोफिचर)

प्रकाशित मिति : 3:23 pm, October 1, 2015

भैरहवा– मधेसी मोर्चाका कार्यकर्ताहरुले रुपन्देहीमा पनि मानव साङ्लो बनाएका छन् । मोर्चाको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मानव साङ्लो बनाउने कार्यक्रम अनुसार मोर्चाका नेता कार्यकर्ताले नवलपरासीको तुरिया खोलादेखि धकधई, बनगाई, लुम्बिनी हुदै कपिलबस्तुको सीमा कोठी नदी सम्म मानव निर्मित साङ्लो बनाएका हुन् । मानव साङ्गलोमासहभागीहरुले हातमा “यो हाम्रो संविधान हैन”, “मधेशी माथीको दमन बन्द गर”, “मानव अधिकार हनन् बन्द गर”, “नेपाली जनतालाई भारतीय भन्ने सरकार राजीनामा दे” लगायतका नारा रहेका प्लेकार्ड समेत बोकेका थिए । मधेशी आन्दोलनमा मधेशीको साथ नरहेको भन्ने तीन दलको भ्रमलाई चिर्न पूर्व मेची देखि पश्चिम महाकालीसम्म एकै दिन एकै समयमा बिशाल मानव साङ्गलो निर्माण गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले बताए । रुपन्देही जिल्लाको हुलाकी बाटोमा (निषेधित क्षेत्र बाहेक ) मा कडा घाममा आफ्ना घर अगाडी उभिएका प्रर्दशनकारीलाई स्थानियले स्वतःस्फूर्त रुपमा बिस्कुट, चक्लेट पानी आदि खान दिई सहगोग समेत गरेका थिए । डेढ महिना देखी आन्दोलनमा रहेका मधेशवादी दलहरु आन्दोलनलाई नयाँ रुप दिन तथा अन्तराष्ट्रिय समुदायको आन्दोलन प्रति ध्यान केन्द्रित गर्न पूर्व घोषित कार्यक्रम अनुसार मानव साङ्गलो बनाएको संघिय मधेशी मोर्चाका जिल्ला संयोजक देवेन्द्र पाण्डेले जानकारी गराए । मोर्चा मानव साङ्गलो बनाउनतिर ब्यस्त भए पछि आज भैरहवाको सीमा नाका बेहलिया भने कुनै अवरोध सञ्चालनमा आएको छ ।

untitled

3

323 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons