News Nepal

युरोपेली मुलुकले सहयोग गर्ने

प्रकाशित मिति : 9:29 pm, October 6, 2015

आश्विन १९, २०७२- भारतको नाकाबन्दीले आपूर्ति ठप्प भएर जनजीवन कष्ट भएकोप्रति चासो व्यक्त गर्दै युरोपेली मुलुकहरूले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
काठमाडौंस्थित युरोपेली मुलुकहरू र तिनको संगठन प्रमुखले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवं वितरण व्यवस्था मिलाउन भएका प्रयासमा जोड दिँदै आफूहरू सहयोग गर्न तयार रहेको जनाएका हुन् ।
बेलायत, डेनमार्क, फिनल्यान्ड, प|mान्स, जर्मनी, नर्वे, स्विट्जरल्यान्डलगायत युरोपेली मुलुकको संगठन युरोपेली युनियनका काठमाडौंस्थित नियोग प्रमुखहरूले मंगलबार संयुक्त वक्तव्य जारी गरी अहिलेको असहज अवस्थाले तराई र अन्य क्षेत्रका विपन्न वर्ग प्रभावित भएको भन्दै चासो व्यक्त गरेको हो ।
वर्तमान असहज परिस्थितिप्रति जानकार रहेको भन्दै उनीहरूले अहिलेको परिस्थितिको शीघ्र अन्त्य हुने आशासमेत व्यक्त गरेका छन् । सहमति र उत्तरदायी भावनाका साथ थालिएको पछिल्लो वार्तालाई परिणाममुखी तुल्याउनसमेत उनीहरूले सम्बद्ध सबैलाई सकारात्मक निष्कर्षका लागि प्रोत्साहन गर्दै छिटो समाधान नकाल्न आग्रह गरेका छन् ।
अस्थायी आवासको जोहो र भूकम्पपछि शिविर वर्तमान अवस्थामा पनि निकै असहज रूपमा रहनुपरेका उनीहरूलाई अनुकूल वातावरण दिँदै अत्यावश्यक सामग्री उपलब्ध गराउन आवश्यक रहेको पनि उनीहरूले जनाएका छन् ।

302 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons