News Nepal

टी २० विश्वकपको उपाधि वेस्ट इन्डिजलाई, खेलका ५ रोचक तथ्य

प्रकाशित मिति : 1:02 am, April 4, 2016

भारतको कोलकातास्थित इडन गार्डनमा भएको रोमाञ्चक खेलमा इंगल्यान्डलाई ४ विकेटले हराउँदै वेस्ट इन्डिजले टी २० विश्वकपको उपाधि जितेको छ।

टस जितेर फिल्डिङ रोजेको वेस्ट इन्डिजले इंग्ल्यान्डलाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५५ रनमा रोकेको थियो। वेस्ट इन्डिजको विजय अन्तिम ओभरसम्म पनि निश्चित भएको थिएन। अन्तिम ओभरमा वेस्ट इन्डिजलाई आवश्यक थियो ६ बलमा १९ रन।

स्टोक्स आए बलिङ गर्न। पहिलो बलमा आठौँ नम्बरमा ब्याटिङ गर्न आएका ब्रथवेइटेले छक्का प्रहार गरे। अब पाँच बलमा १३ रन आवश्यक थियो।

दोस्रो बलमा अर्को छक्का उनैले प्रहार गरे। अब चार बलमा ७ रन आवश्यक।

र, फेरि पनि उनैले अर्को छक्का हानेपछि स्कोर बराबर भयो। अब तीन बलमा मात्र एक रन आवश्यक थियो विजयका लागि।

अन्ततः उनले फेरि अर्को छक्का हानी वेस्ट इन्डिजलाई विजयी बनाए।

समूह चरणमा यी दुवै टोली ग्रुप ए मा थिए। पहिलो खेलमा वेष्टइन्डिजले इंग्लिस टोलीलाई हराएको थियो। समूह चरणमा दुवैले एक/एक खेल हारेका थिए। इंग्ल्याण्ड वेस्ट इन्डिजसँग र वेस्ट इन्डिज अफगानिस्तानसँग।

खेलका ५ रोचक तथ्य

१) वेस्ट इन्डिजका तर्फबाट बलिङ आक्रमणमा आएका बदरीले पहिलो ओभरको पहिलो बलमा नै एलबिडब्ल्यु अपील गरेका थिए। तर अम्पायरले दिएनन्। पहिलो बलमै नर्भस भइसकेका रोयलाई उनले दोस्रो बलमा सून्यमा आउट गरिदिए।

२) इंग्ल्यान्डका दुई ब्याट्सम्यान रोय र अलि सून्यमा आउट भए। हालेस एकमा, मोर्गन ५ मा र प्लन्केट ४ रनमा आउट भए। सबभन्दा बढी ५४ रन रुटले बनाए। वेस्ट इन्डिजका सिम्मोन्स ० मा, चार्ल्स र रस्सेल १ मा,  साम्मी २ मा र गेल ४ रनमा आउट भए।

३) ११० रनबाट १११ रन स्कोरबोर्डमा बन्दासम्म इंगल्यान्ड पाँच विकेटबाट सात विकेट गुमाएको स्थितिमा थियो। १३.४ ओभरमा पाँचौँ, १३.६ ओभरमा छैटौँ र १४.१ ओभरमा सातौँ विकेट गुमेको थियो।

४) जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजको सुरुवात पनि गतिलो भएन। ११ रन बनाउँदै तीन विकेट गुम्यो वेस्ट इन्डिजको। दोस्रो ओभरका तीन बलमै वेस्ट इन्डिजका चार्ल्स र गेलले बाटो तताए। सेमिफाइनलका हिरो सिम्मोन्स पनि तेस्रो ओभरको तेस्रो बलमा आउट भए।

५) इंग्ल्यान्डको पारीमा जम्मा पाँच वटा छक्का प्रहार भयो। वेस्ट इन्डिजको पारीमा छक्का हेर्न १३.३ ओभरसम्म कुर्नुपर्‍यो। ब्राभोले वेस्ट इन्डिजको तर्फबाट पहिलो छक्का हानेका थिए। अन्तिम ओभरमा चार चौकाले वेस्ट इन्डिजलाई विजयी बनायो। त्यसबाहेक थप ३ छक्का गरी कूल ७ चौका वेस्ट इन्डिजको रह्यो।

महिला उपाधि पनि वेस्ट इन्डिजलाई

​कोलकात्ताको इडेन गार्डेनमा आइतबार भएको खेलमा वेस्ट इन्डिजले नै महिलातर्फको विश्व ट्वान्टी–२० को उपाधि जितेको थियो। तीन पटकको च्याम्पियन अस्ट्रेलियालाई वेस्ट इन्डिजले आठ विकेटले पराजित गरेको थियो।

337 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons