News Nepal

लुम्बिनी जेनरल र युनाइटेड इन्स्योरेन्सको मुनाफा कति रह्यो ! (हेरौं विस्तृतमा)

प्रकाशित मिति : 4:42 pm, May 11, 2016

काठमाडौं, बैशाख २९ ।
लुम्बिनी जेनरल इन्स्योरेन्स

निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी लुम्बिनी जेनरल इन्स्योरेन्सले तेस्रो त्रैमासमा खुद मुनाफामा ५७ दशमलव ९३ प्रतिशतले वृद्धि गरि ६ करोड ३७ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको खुद मुनाफा ४ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।

कम्पनीले जगेडा कोषमा ९ करोड ६ड लाख रुपैया र बीमा कोषमा १९ करोड ४३ लाख रुपैयाँ राखिएको छ । कम्पनीले आम्दानीमा ५४ दशमलव ५९ प्रतिशतले बढेर १० करोड ५७ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ४९ दशमलव ७६ प्रतिशतले बढेर ४ करोड १९ लाख रुपैया पुगेको छ । कम्पनीको बीमा शुल्क खुद ३० करोड ७३ लाख आर्जन गरेको छ भने दाबी भुक्तानी खुद २२ करोड ४७ लाख रुपैयाँ रहेको छ । .कम्पनीले यस अबधीमा ८९ हजार ६ सय १० वटा बीमालेखको संख्या जारी गरेको छ भने जुन गत वर्षको भन्दा बढी हो । कम्पनीले यस अबधीमा २ हजार २ सय ६७ वटा भुक्तानी संख्या दाबी गरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३८ दशमलव ६५ पैसा, मुल्य आम्दानी अनुपात १९ दशमलव २५ गुणा, प्रति शेयर नेटवोर्थ १ सय ९१ रुपैया ५८ पैसा र प्रति शेयर कुल सम्पतिको मुल्य ३ सय ९४ दशमलव ८० रुपैया रहेको छ ।

युनाइटेड इन्स्योरेन्स कम्पनी

निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी युनाइटेड इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा खुद मुनाफामा १ सय ८० दशमलव ६६ प्रतिशतले बढेर २ करोड ३२ लाख रुपैयाँँ आर्जन कमाएको छ जवकी गत वर्षको सोहि अवधिमा कम्पनीले ८२ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको थियो ।

कम्पनीले जगेडाकोषमा १४ करोड ११ लाख रुपैयाँ र बीमा कोषमा ८ करोड १२ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानीमा १ सय २३ दशमलव ४८ प्रतिशतले बढेर ४ करोड २६ लाख रुपैयाँ पुगेको छ भने खर्चमा ७९ दशमलव ५१ प्रतिशत बढेर १ करोड ९३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अबधीमा बीमा शुल्क (खुद) २३ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १७ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले यस अबधीमा १० करोड ५४ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी (खुद) गरेको छ भने गत वर्ष सोहि अवधिमा ६ करोड ७ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस अबधीमा ४६ हजार ३ सय ७६ वटा बीमालेखको संख्या जारी गरेको छ भने जुन गत वर्षको भन्दा बढी हो । कम्पनीले यस अबधीमा १ हजार ४ सय १९ वटा भुक्तानी संख्या दाबी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ९ दशमलव २४ प्रतिशत रहेको छ भने मुल्य आम्दानीको अनुपात ८९ दशमलव ८३ प्रतिशत रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ९० दशमलव ९२ प्रतिशत रहेको छ र तरलता अनुपात ३ दशमलव ०२ प्रतिशत रहेको छ ।

327 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons