News Nepal

असोज १४देखि लक्ष्मी लघुवित्तको ११ लाख कित्ता हकप्रद सेयर

प्रकाशित मिति : 5:22 pm, September 11, 2016

२६ भदौ, काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आगामी असोज १४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निष्काशन गरेको सेयरमा कात्तिक १८ गतेसम्म भर्न पाइनेछ ।

laxmi-microfinanceकम्पनीले आइतबार सार्वजनिक सुचना जारी गर्दै ११ लाख कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एमएमबी क्यापिटल लिमिटेड छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित दरका १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने जनाएको छ । जसअनुसार कम्पनीमा १ कित्ता सेयर हुनेले थप १ कित्ता हकप्रद सेयर भर्न पाउने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी ११ करोड रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २२ करोड रुपैयाँ पुग्ने छ ।

261 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons