News Nepal

आइएनजीओविरुद्व खनिए प्रधानमन्त्री, तारे होटलमा प्रतिवेदन सार्वजनिक गरेर बजेट सक्ने गरेको आरोप

प्रकाशित मिति : 4:51 pm, September 22, 2016

काठमाडौं, असोज ६–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तराष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ)हरुमाथि तारे होटलमा प्रतिवेदन सार्वजनिक गरेर बजेट सक्ने गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री दाहालले समाज कल्याण परिषद्ले विहिवार काठमाडौमा गरेको ३७ औं सामाजिक सेवा दिवस कार्यक्रममा विकट क्षेत्रका गरिब जनताको हितमा काम गर्नुको साटो आइएनजीओहरुले तारे होटलमा गोष्ठी र सेमिनार गर्न बढ्ता प्राथमिकता दिने गरेको आरोप लगाए । उनले गरिबहरुको उत्थानको नारा लगाइए पनि आइएनजीओpushpa_kamal_dahal-621x414हरुले गरिबलाई रणनीतिक रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री दाहालले आइएनजीओहरु नेपाल आउने क्रम बढ्नुका पछाडि सामाजिक सेवाको भाव नै हो वा अन्य कुनै स्वार्थ छन् भन्ने बारेमा समीक्षा गर्न आवश्यक रहेको पनि बताए ।
कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले पनि आइएनजीओहरुमाथि अपारदर्शी तवरमा बजेट खर्च गर्ने गरेको तथा लक्षित समूहको सेवामा भन्दा गोष्ठी र सेमिनारमा केन्द्रीत भएको आरोप लगाए ।

नेपालमा हाल २ सय ६० वटा आइएनजीओहरु कार्यरत छन् । ती मध्ये कतिपय आइएनजीओले सरकारसँग अनुमति नै नलिइ आफुखुशी बजेट खर्च गर्दै आइरहेका छन् ।

229 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons