News Nepal

टिकट लिन बिहान ४ बजेदेखि लाइन : २० लाख भन्दा बढी बुकिङ हुने अनुमान

प्रकाशित मिति : 5:08 pm, September 24, 2016

काठमडौं – यातायात व्यवसायीहरुले दशैं पर्वका लागि टिकट बुकिङ खुलाएका छन् ।

b;}Fsf] nflu l6s6 a'lsª b;}F dgfpg 3/ hfgsf nflu gofF a;kfs{df z'qmaf/b]lv v'n]sf] clu|d l6s6 sfp06/df l6s6 a'lsª u/fpg]x?sf] eL8 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

व्यवसायीहरुले दशैं सुरु हुन एक साता मात्र बाँकि रहँदा शुक्रबार लामो दूरीका गन्तव्यहरुको टिकट बुकिङ खुलाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट बुकिङका लागि बसपार्क, सुन्धारा लगायतका स्थानमा २४ वटा काउण्टरको व्यवस्था गरिएको जानकारी दिएको छ । मध्यम दूरीको टिकट बुकिङ भने असोज १० गते मात्र सुरु गर्ने महासंघका कोषाध्यक्ष सुरेश पौडेलले जानकारी दिए ।

व्यवसायीहरुले ढिला गरी बुकिङ खुलाएका कारण काउण्टरहरुमा यात्रुहरुको ठूलो भीड लागेको छ । टिकट बुकिङ गराउन कतिपय यात्रुहरु विहान चार बजे नै नयाँबसपार्कस्थित काउण्टरमा पुगेका थिए । यात्रुहरुले लामो लाइनका कारण टिकट बुकिङ गराउन चार घण्टासम्म पर्खनुपरेको बताएका छन् । उनीहरुले निर्धारित भाडादरभन्दा बढी मूल्य तिर्नुपरेको पनि बताएका छन् ।

211 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons