News Nepal

तीन दिनअघि बेपत्ता युवा मृत अवस्थामा भेटिए

प्रकाशित मिति : 7:34 am, September 11, 2016

पोखराको मालपोत कार्यालय नजिकैबाट फिर्केखोला पार गर्ने क्रममा मोटरसाइकलसहित तीन दिनअघि बेपत्ता भएका एक व्यक्ति विरुवाफाँटस्थित फेवानहरमा आज मृत अवस्थामा भेटिएका छन्।

कास्की जिल्लाको कालिका गाविसका २१ वर्षीय सुरविर जिसी नहरमा तीन दिनपछि आज बिहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण खोलामा बाढी आएका बेला खोला तर्न लाग्दा बेपत्ता भएका जिसीले प्रयोग गरेको मोटरसाइकल दुईसय मिटर तल भेटिएको थियो ।

वर्षासँगै पोखराको बीच भागबाट बग्ने फिर्केखोला उर्लिँदा यसअघि पनि चारजनाले ज्यान गुमाइसकेका छन् ।

196 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons