News Nepal

विराट कोहलीको कपडा चोरी

प्रकाशित मिति : 4:26 pm, September 15, 2016

26-i-am-not-a-relationship-counsellor-virat-kohliimages-of-virat-kohli

भारतका स्टार क्रिकेटर विराट कोहलीको ब्रान्डेड लुगा चोरी भएको छ। उनले सामाजिक स‌ंजालमा आफैले यसको जानकारी दिएका हुन्। भारतीय टेस्ट र एकदिवसीय टोलीका कप्तान समेत रहेका स्टार ब्याट्सम्यानले आफ्नो ‘ब्रागन ब्रान्ड’ को कपडा चोरी भएको जानकारी दिएका हुन्। यो ब्रान्डको उनले सन् २०१४ मा लन्च गरेका थिए। यो पुरुषहरूको पोसाक हो।
प्याकिङमा आइरहेको उनको समान नर्थ–ईस्टको कुनै क्षेत्रमा चोरहरूले फुटाएर लगेका थिए। उनले इन्स्टाग्राममा यसको जानकारी दिँदै भने–‘यो अविश्वनीय छ। तर खुसी पनि लागेको छ, चोरहरूले यति राम्रो लुगामा रुची देखाएका छन्।’
उनले चोरी भएको लुगा आफूले छानेको मध्येमा उत्कृष्ट रहेको बताएका छन्। र, इन्स्टाग्राफमा ठट्टा गर्दै लेखेका छन्–‘चोरहरूको कपडाको टेस्ट निकै राम्रो रहेछ। ‘स्टे ब्रागन।’

229 total views, 1 views today

तपाईंको प्रतिकृया दिनुहोस् ।

प्रतिकृया

समाचार

Show Buttons
Hide Buttons